प्रधानमन्त्रीको मनोदशा : “म यस्तै छु त के गर्नुहुन्छ !”

काठमाडौं । म दिमागले मात्रै होइन, मनले पनि बोल्छु । म यस्तै छु त के गर्नुहुन्छ !’ ‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने मलाई अहिले पनि छैन । त्यसैले जति समय बसिन्छ वार फुटिङ (युद्धस्तरम) मा पहल लिनुपर्नेछ । ‘मैले १२–१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरुबारे पढ्थें । हाम्रोमा पनि ६ महिना, ९ महिना, १० महिना प्रधानमन्त्री भएको शृंखलाबद्ध अनुभव छँदैछ । लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्नेछ । मैले अरु बाँकी के नै गर्नु छ र ?’

उपरोक्त भनाइ हो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको । उनी आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह कयौ पटक दिल्ली गएको भनी केही दिन (असार १८ गतेको) अगाडि सिंह कै एक किताब विमोचन कार्यक्रमा अभिव्यक्त भावाभिव्यक्तिका सम्बन्धमा सोमबार प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि घातक रहेको ठम्याउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत अन्य दलहरूले संसदीय कारवाही ठप्प पार्दै आएका थिए । सोमबारको प्रचण्डको स्पष्टीकरणपछि संसदीय गतिविधि सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी असार २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर