प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसदको अवरोध हट्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए ।

बैठकमा प्रधानमन्त्रीको कथन यस्तो थियोः– “राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एक आपसमा मिलेर जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको र लोकतन्त्र र यसको संरक्षण संवर्द्धन गर्न सबै मिलेर जानुपर्छ । कमजोरी भएको ठाउँमा कमजोरी भयो भनेको छु, कमजोरी स्वीकार गरेको छु । मैले प्रधानमन्त्रीका रूपमा नबोल्नुपर्ने थियो । तर, त्यसदिन प्रधानमन्त्रीका रूपमा नभई एउटा छोरीका पिताका रूपमा बोलेको हो । आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने कुरा हो ।”

“जसले प्रस्ताव गरेर मलाई प्रधानमन्त्री बनायो, उसैले प्रधानमन्त्री कसले बनायो भनेर प्रश्न उठाएको देख्दा थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेलाना हुने गरी यो विषय किन उठ्यो होला भनेर मभित्र प्रश्न उठेको छ ।”

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा गल्ती स्वीकार्नुलाई सकारात्मक रुपमा लिएको बताए । संसदपरिसरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोरिने प्रतिवद्धता व्यक्त गरेकाले आफूहरुले त्यसलाई सकारात्मक रुपमा लिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर