पुलिसको लगातार तेस्रो जित

काठमाडौ । जारि सातौ महिला तथा पुरुष पिएम क्लब भलिबल कपमा आज भएको खेलमा महिलातर्फ विभागीय डर्वीमा नेपाल पुलिस क्लबले प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

यो आर्मीको लगातार दोस्रो पराजय हो भने पुलिसको लगातार तेस्रो जात हो। आर्मी पहिलो खेलमा एपिएफसंग पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा पराजीत गरेको हो।

आर्मीविरुद्ध एकतर्फी हावी बनेको पुलिसले पहिलो सेट १८-२५ दोस्रो सेट १२-२५ र अन्तिम सेट १८-२५ ले जितेको थियो।

यो जितसंगै पुलिसले तीन खेलबाट ६ जोड्दा आर्मीको एक अंक रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर