राजनीतिमा मेयर बालेन र हर्क साम्पाङको केमिस्ट्री मिल्दै, एकअर्कालाई आड भरोसा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विचलित नहुन बलियो आड भरोसा दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर साहले अदालतले आफूलाई अपराधी बनाएको भन्दै आइतबार साँझ ट्विट गरेपछि साम्पाङले ‘नडराउनु’ भन्दै आड भरोसा दिएका हुन् ।

मेयर साहले आइतबार अदालतको तारिख पर्चासहितको फोटो पोष्ट गर्दै लेका थिए, ​​​​​​​आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेखे, ​​​​​​​‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौँ ।’ राजनीतिमा यी दुई मेयरको केमेस्ट्री मिल्दै गएको टिपपणी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर