विश्वकप छनोट प्रतियोगितामा श्रीलंका अपराजित रुपमा च्याम्पियन

काठमाडौं । जिम्बावेमा सम्पन्न आइसीसी विश्वकप छनोट प्रतियोगितामा श्रीलंका अपराजित रुपमा च्याम्पियन बनेको छ।

आईतबार सम्पन्न फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराकिलो अन्तरले पराजित गरि श्रीलंका च्याम्पियन भएको हो ।

हरारे स्पोर्टस क्लबमा भएको फाइनल खेलमा श्रीलंका १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

श्रीलंका अपराजित रहँदै च्याम्पियन भएको श्रीलंका यसअघि नै भारतमा हुने विश्वकपमा छनोट भईसकेको थियो ।

यस छनोटबाट भारतमा हुने विश्वकपमा नेदरल्यान्ड्स र श्रीलंकाले स्थान बनाएका थिए ।

श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३ दशमलब ३ ओभरमा १ सय ५ रनमा अलआउट भयो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले ६३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

लोगन भान बिकले अविजित २० रन बनाउँदा विक्रमजित सिंह १३ रन  बनाए । नेदरल्यान्ड्सका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए । वानिन्दु हसरंगाले आफ्नो नाममा २ विकेट राखे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको श्रीलंका ४७ दशमलब ५ ओभरमा २ सय ३३ रनमा अलआउट भएको थियो ।

श्रीलंकाका सेहान अर्चाचिगेले ७१ बलमा ४ चौकासहित ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

कुशल मेन्डिस ५२ बलमा ५ चौका र १ छक्कासहित ४३ तथा चरिथ असलंका ३६ रन बनाए । पाथुम निसांका २३ तथा सदिरा समाराविक्रमा १९ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लोगन भान बिंक, रायन केलिन, विक्रमजित सिंह र सकिब जुलफिकरले समान २/२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर