डिफेन्डर लुकास हर्नान्डेज पीएसजीमा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डिफेन्डर लुकास हर्नान्डेजलाई अनुबन्ध गरेको छ । पीएसजीले २७ वर्षका बायर्न म्युनिखका डिफेन्डर हर्नान्डेजलाई ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

सन् २०१८ मा फ्रान्सबाट विश्व जितेका हर्नान्डेजले बायर्नबाट सन् २०१९–२० को पहिलो सिजनमा ट्रेबल उपाधि जितेका थिए ।

घरेलु लिग र कप डबल जितेका उनले पीएसजीलाई हराउँदै प्रशिक्षक हेन्सी फिलिक नेतृत्वको टिमलाई च्याम्पियन्स लिगको उपाधि समेत दिलाउन सफल भएका थिए ।

बुन्डेसलिगा च्याम्पियन हर्नान्डेजले बायर्नका लागि १०७ खेलमा उत्रिएका थिए । उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

‘म निकै उत्साहीत छु ।’ हर्नान्डेजले भने, ‘म निकै लामो समयदेखि पीएसजीसँग जोडिन प्रतिक्षा गरिरहेको थिए । यो सम्भव भएको छ । यो मेरा लागि निकै विशेष दिन हो । म निकै खुसी छु ।’

सन् २०१८ को विश्वकप फ्रान्सलाई जिताउन उनले विशेष भुमिका निर्वाह गरेका थिए । चोटका कारण उनले सन् २०२२ को विश्वकपमा चोट बोकेपछि टिमबाट बाहिरिएका थिए ।

उनले लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्म पुगेका थिए । तर पेनाल्टी सुटआउटमा फ्रान्स अर्जेन्टिनासँग पराजित हुन पुग्यो ।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर