प्रधानमन्त्री प्रचण्डले नै सदन बन्द गराए : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन बन्द गराएको आरोप लगाएका छन्।

संघीय संसद् भवनमा आइतबार पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले सदन बन्द गराएको आरोप लगाएका हुन्। ‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। भेटवार्ता भएको थियो। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ। त्यो फिर्ता लिनुभएको छैन,’ उनले भने।

एमालेले प्रधानमन्त्रीको राजीनामा माग्छ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले राजीनामा माग्छौं। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म समस्या समाधान नहुने बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर