आरजु राणा फेक अडियो : सन्देश शर्माको आवाजसँग मेल खायो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफ्नो नाममा फेक अडियो जारी गरी बदनाम गर्न खोजिएको भन्दै साइबर ब्यूरोमा दिएको छानविनसम्बन्धी निवेदनको प्रारम्भिक अनुसन्धानमा सन्देश शर्माको आवाजसँग उक्त अडियो मेल खाएको पाइएको छ ।

दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा छन् । राणाको निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

हेरौं प्रहरी महानिरीक्षकको सचिवालयको पत्र:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर