प्रतिनिधिसभाको बैठक दुई घन्टा पर सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ घन्टा पछि सारिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले आइतबार १ बजेका लागि बोलाइएको बैठक दुई घन्टा पर सारेको संसद सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री र सभामुखबीच भएको टेलिफोन कुराकानीपछि सभामुखले उक्त कदम चालेका हुन् । सभामुखले तीन नेताहरूबीच जारी छलफलले सदनको गतिरोध अन्त्य गर्न सकारात्मक निष्कर्षका लागि कामना पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर