राष्ट्रियसभाको बैठक फेरि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि राष्ट्रियसभामा अवरोध उत्पन्न गरेपछि बैठक स्थगित भएको छ। अध्यक्ष गणेश तिमिल्सिनाले भोलि १२ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरे ।
राष्ट्रियसभाको बैठक सुरु हुनासाथ एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, एमसीसीलगायतका विषयमा नाटक गरेर देशको स्वाभिमानविरूद्धमा पटकपटक धावा बोलेको आरोप लगाउँदै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म बैठकमा अवरोध कायम राख्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर