चीनमा ज्याक माको कम्पनीमाथि पेच कसाई, १ अर्ब डलर तिराइने

काठमाडौं ।  ज्याक माको प्रविधि कम्पनी एन्ट ग्रुपले वित्तीय कानुन र निर्देशिका उल्लंघन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ। ऋण, इन्सुरेन्ससहित स्टार्टअप कम्पनीमा लगानी गर्दै आएको उक्त ग्रुपमाथि चिनियाँ वित्तीय नियामकहरुले शुक्रबार ९८ करोड ५० लाख डलर जरिवाना लगाउने निर्णय गरेका हुन्। कम्पनीमाथि उपभेक्ता संरक्षण कानुन र कर्पोरेट सुशासन उल्लंघन गरेको आरोप छ।

यसअघि सन् २०२० मा चीन सरकारले उक्त कम्पनीको आईपीओ रोकिदिएको थियो। उक्त आईपीओ जारी प्रकिया सरकारले रोकिदिएपछि कम्पनीको ३०० अर्ब डलरबराबर रहेको कम्पनीको शेयर मूल्य ८० अर्ब डलरमा संकुचित भएको थियो।

यसैगरी सन् २०२१ नियामक निकायले एकाधिविरोधी अनुसन्धान गरेका थिए। त्यसबेला ज्याक माकै अर्को कम्पनी अलिबाबामाथि एकाधिकार गरेको आरोपमा २ अर्ब डलर जरिवाना तिर्नु परेको थियो । नियामक अनुसन्धानका क्रममा चीनको फुड डेलिभरी कम्पनी मिटुवानले ५५ करोड अमेरिकी डलर र दिदी ग्लोबल इन्कले १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना बुझाइसकेका छन्। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर