चलचित्र ‘गणपति’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गणपति’ को टिजर सार्वजनिक भएको छ ।

१ मिनेट ३७ सेकेण्ड लामो चलचित्रको टिजरमा मुख्य कलाकार मुकुन भुषाल, मेनुका प्रधानको अभिनय रहेको छ भने सबिन अधिकारीद्वारा निर्देशित गरिएको हो।

उक्त चलचित्रको टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवा अवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुशी मनाउँदै भजनकृतन गरिएको र मानिस युवा अवस्थामा पुग्दा गरिने गल्तीहरूलाई टिजरमा देखाइएको छ ।

चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, स्व। जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।

चलचित्रलाई एबिगम्यान फिल्मस्को ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=4uGsf3oKULI


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर