डिफेन्डर सालिबा आर्सनलमै रहने

काठमाडौं । आर्सनलले डिफेन्डर विलियम सालिबासँगकोे सम्झौता नविकरण गरेको छ ।

लण्डन क्लबले डिफेन्डर सालिबाको सम्झौता चार वर्षका लागि नविकरण गरेको हो । उनी सन् २०२७ सम्म लण्डन क्लबमा बस्नेछन् ।

२२ वर्षमा फ्रेन्च सेन्टर ब्याक गत सिजन आर्सनलका मुख्य खेलाडी रहेका थिए । गत अगष्टमा मात्र पहिलो टिममा डेब्यु गरेका उनले ३३ मध्य प्रिमियर लिगका २७ खेल खेलेका थिए । उनले सबै प्रतियोगितामा तीन गोल समेत गरेका थिए ।

अन्तिममा म्यानचेस्टर सिटीसँग पराजित हुनुअघि आर्सनलले लिगको अधिकांश समय शीर्ष स्थानमा बिताएको थियो ।

विलियमले हामीसँग सम्झौता गरेका छन्, जुन हामी लामो समयदेखि खोजिरहेका थियौं । उनले गत सिजन प्रमाणित गरिदिएका छन् कि उनी हाम्रा लागि कति महत्वपुर्ण छन् । प्रशिक्षक मिकेट अर्टेटाले भनेका छन् ।

रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले समेत सालिबालाई अनुबन्धनको इच्छा देखाएका थिए । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर