नेपाल–भारतबीच पञ्चेश्वरको डिपिआर बनाउन सहमति

काठमाडौं । नेपाल–भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिन सहमति भएको छ।

पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को पोखरामा शुक्रबार सम्पन्न आठौं बैठकमा आयोजनाका काम अघि बढाउने सहमति भएको हो। नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएर दुबै देशका सरकारले स्वीकृत गरेपछि पञ्चेश्वर अगाडि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर