गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाइने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा सोमबार आयोजित ७२ औँ साधारण सभामा प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल सरकार आर्थिक वर्ष २०८०र०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ । परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ । सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकुन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर