कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दावेदारी

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८( २) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनसहित आज बिहीबार ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दावी गर्न आह्वान गरेका थिए ।

गठबन्धन दलहरूको तर्फबाट थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न दलका नेताहरूले हस्ताक्षर गरेको पत्र पनि प्रदेश प्रमुखसमक्ष पेश गरेको छ । थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले संयुक्त पत्रमार्फत आग्रह गरेका गरेका छन् ।

कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धन दलहरूले कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक १ गरी ४७ जनाको समर्थन रहेको भन्दै थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर