काठमाडौं महानगरको नगरसभा स्थगित
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध भएको हो ।
प्रतिक्रिया