टेकु प्रयोगशालाका अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत लेखनाथ भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) का भट्टराईविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार भट्टराईले ल्याब दर्ताप्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो । सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस–रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जेठ २६ गते शुक्रबार शंखमूलबाट नियन्त्रण लिएको थियो । उनी विरुद्ध सोही रकमबराबरको जरिवाना र विगो माग दावीसहित मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर