युक्रेनको ल्भिभ सहरमा मिसाइल प्रहारमा कम्तीमा ४ जनाको मृत्यु

काठमाडौं । युक्रेनको एक अपार्टमेन्टमा रुसले गरेको मिसाइल प्रहारमा कम्तीमा ४ जना मारिएका छन्। युक्रेनको पश्चिमी सहरमा रहेको ल्भिभ सहरको अपार्टमेन्टमा बिहीबार भएको उक्त आक्रमणमा ३२ जना घाइते भएका छन्। जसमा १ जना बालक पनि रहेका छन्।

क्षतिग्रस्त भवनबाट उद्धार टोलीले ६ जनालाई निकालेको छ। बाँकी ६४ जनालाई पनि उद्धार गरिएको छ। युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले भवनमा अझै केही मानिस ट्र्यापमा परेको अनुमान गरिएको र उद्धारको तयारी भइरहेको बताएका छन्।

रुस युक्रेन सुरु भएयता रुसले मिसाइल आक्रमण गरिरहेका प्रमुख सहरमध्ये एक ल्भिभ पनि हो। केही समयअघि रुसले उक्त क्षेत्रमा ५ वटा मिसाइल हानेको थियो। बिहीबार रुसले ब्ल्याक सीबाट १० वटा मिसाइल प्रहार गरेको बताइएको छ। जसमध्ये ३ वटा मिसाइल अपार्टमेन्टमा खसेका थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर