बंगलादेशका कप्तान तमिमले लिए सन्यास

काठमाडाैं । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो । हारको एक दिनपछि बिहीबार चट्टोग्राममा आयोजित पत्रकार सम्मेलनमा तमिम सन्यासको घोषणा गरे । पत्रकार सम्मेलनमा तमिम निकै भावुक देखिएका थिए ।

बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानको नाम सार्वजनिक गरेको छैन । साकिब अल हसन र लिन्टन दासलाई तमिमको स्थानमा रहने अनुमान गरिएको छ ।

३४ वर्षीय तमीमले गत वर्ष नै टी–ट्वान्टी अन्तराष्ट्रियबाट सन्यास लिएका थिए ।

तमिमले सन् २००७ को फेब्रुअरीमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । तमीमले वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध जितमा महत्वपूर्ण अर्धशकीय पारी खेलेका थिए।

उनले बंगलादेशका लागि सबैभन्दा धेरै एकदिवसीय रन बनाएका थिए । तमिमले ओडिआई क्रिकेटमा ८ हजार ३ सय १३ रन बनाएका थिए ।

टेस्ट ब्याट्सम्यानको रूपमा तमीमले ३८ दशमलब ८९ को औसतमा ५ हजार १ सय ३४ रन बनाएका थिए । जुन बंगलादेशका लागि दोस्रो उच्च स्कोर हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर