प्रभासको आगामी फिल्म ‘सलार’ को टिजर सार्वजनिक

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म ‘सलार’ को टिजर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको टिजरमा प्रभासको एक्सन दृश्यलाई समेटिएको छ। फिल्मलाई ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेका हुन्। फिल्मको टिजरले पनि ‘केजिएफ’ को झल्को दिन्छ।

फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्। यो फिल्म २८ सेक्टेबरदेखि प्रदर्शन हुनेछ। निर्माण टिमले पहिलो भागलाई ‘सलारः द सीज फायर’ नाम दिएका छन्।

प्रभासको पछिल्लो फिल्म ‘आदिपुरुष’ बक्स अफिसमा असफल भएको छ। ६ सय करोड लगानीमा बनेको फिल्मलाई लगानी उठान समेत मुस्किल भइरहेको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर